ताप्लेजुङ । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध अभियान्ताले पाथिभरा मन्दिर जाने पदमार्गमा १ सय ५९ थान डस्विन राखेका छन् । हाम्रो अभियान नेपाल सहितका ६ वटा संस्थामा आवद्ध अभियान्ताले बुधबार पाथिभरा मन्दिर जाने पदमार्ग अन्तर्गत काफ्ले पाटीदेखि मन्दिरसम्म फोहोर व्यवस्थापनका लागि डस्विन राखेका हुन् । पाथिभरा मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति हुने र प्लाष्टिकजन्य वस्तुसहितका फोहोर…