ओखलढुंगा । आगामी मंसिर ४ को निर्वाचनका लागि ओखलढुंगाका १२ वटा मतदानस्थललाई अति संवेदनशील तोकिएको छ । जिल्लामा रहेका ८४ मतदानस्थलमध्ये १२ वटा अति संवेदनशील, २० वटा संवेदनशील र ५२ वटा सामान्यमा मतदानस्थललाई राखिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानस्थललाई भौगोलिक अवस्था, विगतको निर्वाचनमा भएको गतिविधि र उम्मेदवारको प्रतिस्पर्धालाई…