ओखलढुंगा । लगातार ४ वर्षसम्म मकै छर्ने बेलामा खडेरी पर्दा दिक्क भएका ओखलढुंगाको सुनकोसी र दूधकोसी नदी तटीय क्षेत्रका किसानलाई यसवर्ष भने राहत मिलेको छ । यसवर्ष जेठदेखि नै पानी परेपछि उनीहरुले राहत महसुस गरेका हुन् । चिशुंखगढी, मानेभञ्ज्याङ, सुनकोसीलगायतका गाउँपालिकाका तल्लो भेगमा मकै छरेदेखि नै पानी परेको छ । निरन्तर पानी परेर मकै सप्रिन…