इलाम । इलाममा आज बिहान पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाबाट इलाम जाँदै गरेको पिकअप जिप अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको थियो । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । दुर्घटनामा झापाको मेचीनगर नगरपालिका–४ बस्ने रमेश…