झापा । गत सोमबारदेखि अविरल वर्षा हुँदा प्रदेश १ मा बाढी र पहिरोमा परी ५६ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को पाँचथरमा सबैभन्दा धेरै २२ जनाले ज्यान गुमाएका छन् भने इलाममा १३ जनाको वाढी र पहिरोमा परी मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा…