प्रकाश लिम्बुतेह्रथुम । फेदापमा ६ वर्षअघि निर्माण सुरु गरिएको स्वास्थ्यचौकी ठेकेदारको लापरवाहीले अललपत्र परेको छ । ठेक्का लिन होडबाजी गरेको ठेकेदार कम्पनीले ठेक्का पारेपछि लापरवाही गर्दा निर्माणाधीन स्वास्थ्य चौकी अलपत्र भएको हो । योजना हात पार्ने र पारेपछि निर्माण सम्पन्न गर्न चासो नदेखाउने प्रवृत्तिले स्वास्थ्य चौकी मात्र होइन, जिल्लाका अधिकांश सरकारी भवन पनि अलपत्र परेका…