काठमाडाैं । कञ्चनपुरका ३ वटा पालिकाहरुले विद्यालयको पठनपाठन बन्द गरेका छन् । अत्यधिक चिसो बढेपछि पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका हुन् । चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका छन् । चिसाेले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन् । चिसो बढेसँगै…