६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


तेह्रथुममा आफ्नै घरमा आगो लगाउने युवा प्रकाउ

तेह्रथुम । तेह्रथुमको छथर गाउपालिका–६ सुदाप स्थित महाबीरमा आफ्नै घरमा आगो लगाउने एक युवा पक्राउ परेका छन् । घरायसी विवादका कारण शनिबार राती आफ्नै घरमा आगो लगाउने २८ वर्षीय भानु बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यलय तेह्रथुमका प्रहरी निरीक्षक छिपिन्जो भोटेले जानकारी दिनुभयो । आगलागीबाट तीनवटा उन्नत जातका गाई, दशवटा बाख्रा, अन्नपात, लत्ताकपडा, भाडाकुँडा सबै…