धनकुटा । कोशी प्रदेशमा डेंगुबाट गत बैशाख यता एक हजार भन्दा बढी संक्रमित भएका छन् । कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङमा ४ सय १२ जनामा डेङ्गी संक्रमण भएको छ । यस्तै सुनसरीमा १ सय ९८, झापामा १ सय ४५, धनकुटामा १ सय १, भोजपुरमा ६६, संखुवासभामा ३६, ओखलढुंगामा…