सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा मंगलाबर आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘आफू एक घण्टा नपढाउने र विद्यार्थीलाई विश्वविद्यालयको नेतृत्वविरुद्ध जुलुस गर्न लगाउन केही गलत प्रवृतिका शिक्षकका कारण शैक्षिक उन्नयनमा विभिन्न समस्या सिर्जना हुँदै आएको छ…