पोखरा, बैशाख १५ । राष्ट्रिय जनमोर्चाका एक संसद बेपत्ता भएपछि गण्डकी प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित जनमोर्चाले निवेदन दिएको थियो । प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम…