नवलपरासी । खडेरीका कारण नवलपरासीका किसानहरुले लगाएको धानबाली सुक्न थालेको छ । अत्याधिक गर्मीसँगै खडेरीले किसानहरुले राखेको धानको ब्याड र धानखेती चिरा चिरा पर्न थालेको हो । लामो समयदेखि पानी नपर्दा किसानहरु चिन्तित बनेका छन् । पानी नपरेपनि जिल्लाका अधिकांश किसानहरुले धानको बिउ राखिसकेको कृषि ज्ञान केन्द्र परासीका प्रमुख सन्तोष चौधरीले बताउनुभयो । पानी नपरेर…