काठमाडाैं । श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आइतबार संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी समितिले मन्त्री किराँतीलाई विश्वविद्यालय सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको हो । एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी डा.जगमान गुरुङ संयोजक रहेको अध्ययन समितिले समयसीमाभित्रै अध्ययन प्रतिवेदन बुझाएको हो…