काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरेको छ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि संघीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्रका पहाडी क्षेत्रका कृषकलाई लक्षित गरेर कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाले जनाएको छ । घुम्ती सेवामार्फत कृषि उत्पादन कृषकका घरबाट बजारसम्म पुर्याउने जनाइएको छ । गाउँपालिकाको…