काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा गएराती दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । तिलोत्तमा नगरपालिका–९ केउलानीको एक रेष्टुराँमा मदिरा सेवन गरिरहेकाहरु बीच विवाद भएपछि झडप भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । झडपमा परी हेटौडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको…