पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले प्रदेश र संघको निर्वाचनपछि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले सदरमुकाम फिदिममा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो । गठबन्धनमा आवद्ध दलहरुबीच अहिले पनि सिटको भागबण्डाको विषयमा संवाद चलिरहेको र कांग्रेसले १ सय सिट लिने उहाँले…