प्रकाश नेपाल/शंकर खनालइलाम । वरिपरि आँखैमा ठोक्किन आए झैँ देखिने लोभलाग्दो हिमाली हिमश्रृंखलाहरु । एकै छिनमा घाम लाग्ने घमाइलो अनुभूति गर्न सकिने र क्षणभरमै हुँस्सुले बिस्तारै छोप्दै जाने राँके बजारको बिशेषता बिछट्टकै छ । पाँचथरको मात्र नभइ पहाही जिल्लाको एउटा पुरानो बजारको रुपमा परिचित राँके बजार निक्कै रमाइलो देखिन्छ । माथि थाप्लोमा हिउँ परिरहेको झैँ…