झापा, कात्तिक २९ । झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ । काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उहाँको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताउनुभयो । फोक्सोको क्यान्सर रोगको उपचार गराइरहनुभएका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर…