काठमाडौं । नेकपा एमालेबाट शुक्रबार नियुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीले स्पष्टीकरण बुझाएका छैनन् । पार्टीको स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारको मन्त्री मण्डलमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण मागेको थियो । सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले ६ जना मन्त्रिले स्पष्टीकरण पेश नगरेको बताउनुभयो ।…