काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका ४ रोहवामा गएराति गुडिरहेको ट्याक्टरबाट लडेर घाइते भएका चालकको मृत्यु भएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा घर भई हाल गोडैता नगरपालिका–५ मा बस्दै आएका १८ बर्षीय आसिर मंसुरको मृत्यु भएको हो । गएराति साढे ११ बजे उखु लिएर चिनी मिल तर्फ ना ७ त ५६८ नम्बरको ट्याक्टर चलाएर आउँदै…