२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


नगरपालिकाद्वारा पाँच कक्षासम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण

सर्लाही । सर्लाहीमा सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । हरिपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म पढ्ने बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । चिसो र शितलहरले विद्यालय जाने उमेरका बालबालिका प्रभावित हुने भएकाले स्वीटर र टोपी वितरण गरिएको नगर शिक्षा शाखा प्रमुख नागेश्वर रायले जानकारी दिनुभयो ।…