काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार निर्माण गर्ने बताउनुभएको छ । केपी ओलीकप टि २० क्रिकेट प्रतियोगितामा जित हासिल गरेको मधेश प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई बधाई दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू आएदेखि नै खेलकुद विकासको लागि प्रतिवद्ध भएको बताउनुभयो । मुख्यमन्त्री…