काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गर्नु भएको रिटमा आजका लागि पेसी तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयमा आपत्ति जनाउँदै नेपाली काँग्रेसले गत मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो । दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरालाई विपक्षी बनाइएको छ…