सिन्धुली । सिन्धुलीको भिमानमा बसपार्क निर्माण भएको छ । व्यवस्थित वसपार्कको निर्माण भएपछि सवारी साधन पार्किङ गर्न र यात्रुहरुलाई समेत प्रत्यक्ष रुपमा सुविधा पुगेको छ । वसपार्कको अभावले यात्रुहरुलाई असुविधा हुनाका साथै सडक दुर्घटना समेत बढ्दै गएको अवस्थामा वीपी र मदन भण्डारी राजमार्गको संगमस्थलमा व्यवस्थित बस पार्क निर्माण भएसंगै सहज रुपमा पार्किङको व्यवस्था भएको हो…