काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा सांसदहरुसँग भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताउनु भएको हो । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री दाहालसँग प्रश्न गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले यसअघि भएका सहमति र सम्झौता…