नेपालगन्ज, साउन २४ । नेपालगन्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन थालिएको छ । ‘महानगरपालिका बनाउन के–कस्ता पूर्वाधार आवश्यक पर्छन् ? भौगोलिक क्षेत्र कति बढाउनुपर्छ ? जनसंख्या कति हुनुपर्छ ? भौतिक पूर्वाधारको विस्तारलगायतका सम्भावनाबारे छलफल चलाएका छौं’–नगरप्रमुख डा. धवलशमशेर राणाले भने । महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि रु २५…