विराटनगर, साउन १८ । प्रदेश नम्बर–१ मा घरेलु हिंसासम्बन्धी विधेयक प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेस गरेको सो विधेयकमाथि सैैद्धान्तिक छलफलपश्चात् शुक्रबार विधेयक बहुमतले पारित भएको हो । प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री घिमिरेले उक्त ऐन लागू भएपछि घरेलु हिंसा न्यूनीकरणमा सफलता मिल्ने विश्वास व्यक्त गरे । विधेयकमा पीडितका…