विराटनगर, साउन ६ । धरान उपमहानगरपालिकाका मेयर स्व. तारा सुब्बाको तीन लाख रुपैयाँ उपचार खर्च प्रदेश नम्बर–१ को सरकारले व्यहोर्ने भएको छ । आइतबार बसेको प्रदेश–१ मन्त्रिपरिषदको बैठकले उपचार खर्चमध्ये तीन लाख सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । सुब्बाको उपचारमा ठूलो धनराशी खर्च भएको भन्दै राहतस्वरुप केही खर्च व्यहोरिएको जनाइएको…