धनकुटा, असार ६ । बाढी आउन थालेसँगै सप्तकोशी नदीमा सञ्चालित जेटबोट सेवा बन्द भएको छ । पहाडी क्षेत्रमा केही दिनयता निरन्तर बर्षाका कारण ढुंगामुढासहितको बाढी आउन थालेपछि जेटबोट सञ्चालन बन्द गरिएको हो । धनकुटाको शहीदभूमि गाउँपालिका वडा नं. १ सिम्लेघाटवाट त्रिवेणी, वराहक्षेत्र हुँदै सुनसरीको चतरासम्म वराहक्षेत्र जल यातायातले करिब ३ करोड लागतमा वैशाख १ गतेदेखि…