धनकुटा, असार ५ । कोसी राजमार्गअन्तर्गत् धनकुटाको भेडेटार–६ स्थित भोजपुरे-गोलाइमा मंगलबार एक यात्रीबाहक बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ कृषि भ्रमणको टोली लिएर जाँदै गरेको ना५ख ३३२८ नम्बरको बस ब्रेकफेल भइ दुर्घटना भएको जनाइएको छ । घाइतेहरुमध्ये चारजना गम्भीर रहेको भेडेटार प्रहरीचौकीका इन्चार्ज म्यामबहादुर बस्नेतले जानकारी…