काठमाडौं, असार ४ । सरकारले विपद् व्यवस्थापनमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको विपद् व्यवस्थापन राष्ट्रिय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मातहतका निकायलाई निर्देशन दिएका हुन् । उनले वर्षात्को समय भएकाले यसबेला हुनसक्ने सम्भावित विपद्लाई ख्यालगरी तयारी हालतमा रहन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेश, स्थानीयतहलगायत…