काठमाडौं, जेठ २९ । संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीश पदमा कामुप्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बसेको बैठकले भावी प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस गरेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिए । गत चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि सो पद रिक्त रहेको…