काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत बागमती प्रदेशतर्फ रिक्त रहेको दुई सिटमा हुने निर्वाचनमा सत्ता गठबन्धनको तर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर मंगलबार गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।…