काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एकताबद्ध एमाले आजको आवश्यकता भएको बताउनुभएको छ । पुष्पलाल मोतीदेवी स्मृति भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाक्यले पुष्पलालले सोचेको जस्तै एकताबद्ध, सिद्धान्तनिष्ठ, विधि र गुटबन्दी रहित एमाले बनाउन आवश्यक भएको बताउनुभयो । पार्टी फुट्नु दुर्भाग्य भएको बताउँदै उहाँले लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।…