काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रदेश इन्चार्जबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाएको छ । कोटेश्वरस्थित पेरिसडाडाँमा सोमबार बसेको सो समूहको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । माधव कुमार नेपालको अध्यक्षतामा बसेको बैठकले गण्डकीमा देवेन्द्र पौडेललाई र लुम्बिनीमा युवराज…