काठमाडौं, कात्तिक २९ । विश्व मधुमेह दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । विपन्न मधुमेहीहरुलाई उपचार र परीक्षण लगायतका सम्पूर्ण सेवाहरु निःशुल्क प्रदान गर्दै आएको मधुमेही समाजलाई महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको हो । दिवसका अवसरमा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्या सुन्दर…