काठमाडौं । प्रेम, धार्मिक आस्था तथा आफ्नो बलियोपन देखाउन खोपिने ट्याटु कला अहिले युवा पुस्ताका लागि फेसनको रुपमा आएको छ । विदेशको तुलनामा कम शुल्क लाग्ने भएकाले पनि विदेशीहरु नेपालमा ट्याटु बनाउन आउने गर्दछन् । ट्याटु एक प्रकारको कलाको चित्रण हो । खास गरी अहिले मानिसले सोख पूरा गर्नका लागि ट्याटु खोपाउने गरेको पाइन्छ ।…