दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड क्षमताको अस्पताल बनाउने प्रक्रियामा लागेको बताउनुभएको छ । मंगलबार राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रममा उहाँले राप्ती प्रादेशिक अस्पतालमा दाङका साथै कर्णाली प्रदेशका बिरामीहरू पनि यहाँ उपचार गर्न आउने भएकाले यसलाई सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभयो । यसका लागि आवश्यक…