सुशील गैरे कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ५० शैयाको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पतालको शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले अस्पतालको शिलान्यास गर्नु भएको हाे । अस्पतालको शिलान्यास गर्दै मन्त्री पन्थीले कोभिडको समयमा संक्रमितले पाएको समस्याले गर्दा प्रदेश सरुवा रोग अस्पतालको अवधारणाको विकास भएको बताउनुभयाे ।…