काठमाडाैं । झापाकाे बिर्तामोडको मुक्तिचोकबाट २ किलोमिटर दक्षिणमा ९ तले भ्यूटावरकाे निर्माण गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यका निजी लगानीमा याे भ्यूटावरकाे निर्माण गरिएकाे हाे । ८ बिघा निजी जग्ग्गामा निर्माण गरिएको श्रीजय ड्रिमल्याण्ड उद्यानमा १ करोडको लगानीमा भ्यूटावर बनाइएको हो । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र उद्यानले आन्तरिक तथा…