सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम शुरु भएको छ । सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले शिलन्यास गरेसँगै कालोपत्रेको काम शुरु गरिएको छ । सडक डिभिजन हर्कपुर ओखलढुङ्गाको लागत र सोलुदूधकुण्ड नगरपालिकाको पहलमा निर्माण शुरु भएको उक्तसडकको लागत भ्याटसहित एक करोड ८१ लाख चार हजार ७५० रुपैयाँ रहेको छ…