काठमाडौं । मिथिला मध्यमा परिक्रमा सुरु भएको छ । बिहीबार मिथिला मध्यमा परिक्रमाको डोला मिथिला विहारी नगरपालिकास्थित कचुरी मठबाट निस्किएको हो । फागुन औँसीका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मुल डोला सञ्चालन गर्ने परम्परा रहेको छ । सो डोलामा सीतारमको मूर्ति सजाएर परिक्रमा गर्ने गरिन्छ । मिथिला बिहारीको डोला तथा जनकपुरधामस्थित अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला…