डीबी विष्ट (इमेज) बझाङ, असार १५ । बझाडको दुर्गम मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतमाथि शुक्रबार दुर्व्यवहार भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्ष कठायतलाई कार्यालयमा भएको एक बैठक सकेर बाहिर निस्कनेक्रममा कालोमोसो दलेका जनाइएको छ । त्यसपछि त्यहाँ उपस्थित वडाध्यक्ष, सेवाग्राही र चन्दका कार्यकर्ताबीच केहीबेर तनाब सिर्जना भएको थियो । ७/८ जनाको समूहमा…