काठमाडौं । सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन भएको छ । आइतबार काठमाडौंको माईतीघर मण्डलामा अनलाइन टिभी पत्रकार संघ नेपालको अग्रसरतामा प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा प्रदर्शनकारीरुले जनताको मुख नथुन, सरकारबाट झरेपछि तिमी आफैँ बोल्नुपर्छ, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, सामाजिक सञ्जाल विधेयक, २०८१ नियमनको आवरणमा नियन्त्रण, सत्तामा हुँदा जनताको मुख थुन्छौ,…