काठमाडौं । बर्दियाको मधुवन नगरपालिकाकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार दिउँसो चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घर नजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउन गएकी जुनाकुमारीलाई ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो । आक्रमण गरेको देखेपछि…