काठमाडौं । दोलखाको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत गौरीशंकर गाउँपालिका सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रको हिमाली वनमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलोले रेडपाण्डाको बासस्थान रहेको निगालोको जंगल पूर्ण रूपमा जलेको छ । ३ हजार मिटर उचाइभन्दा माथिबाट सल्केको डढेलो घनाजंगल र खर्कहरूमा फैलिइसकेको छ । डढेलो नियन्त्रणका लागि जिल्ला प्रशासनमा सर्वपक्षीय बैठक बसेको छ…