सिन्धुली । सिन्धुलीको कमलामाईस्थानमा माघे संक्रान्ति मेला शुरु भएको छ । कमलामाईंलाई सुनचाँदीका गरगहना पहिर्याएर कमलामाई नगरपालिकास्थित कमला र गौमती नदीको संगमस्थल कमलामाईस्थानमा माघे संक्रान्ति मेला शुरु भएको हो । सदरमुकाम सिन्धुलीमाडीबाट बाजा गाजा र र्यालीका साथ ऐतिहासिक शक्तिपीठ कमलामाईलाई सुन, चाँदी, मणि माणिक्यलगायत अष्ठ धातुका गरगहना लगाइदिएर स्थानीयले माघे संक्रान्ती मेला भर्न थालेका हुन्…