काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्ने देशकै तेस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । बिहीबार झापा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुलको उद्घाटन गर्नुभएको हो । यससँगै पुल कोशी प्रदेशकै लामो पुल बनेको छ । बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय…