सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट पीडित महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो । भारतको दिल्लीमा उपचारपछि घर फर्किएका महतोको स्वास्थ्य पुनः बिग्रिएपछि एक महिनाअघि भरतपुरस्थित अस्पतालमा भर्ना गरिएको थियो । महतो नेपाली कांग्रेसको तर्फबाट लगातार दुई कार्यकाल (२०७२…