काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा आइतबार दुई खेल हुने भएका छन् । यूएईमा जारी प्रतियोगितामा भारत-किस्तान र यूएई-मलेसियाबीच प्रतिस्पर्धा आइतबार बिहान पौने ११ बजेदेखि शुरु हुने भएकाे हाे। समूह 'ए' का यसअघिको खेलमा भारतले यूएई र पाकिस्तानले मलेसियालाई पराजित गरेका थिए। समूह 'बी' मा रहेको नेपाल शनिबार श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो।…